समाचार
हल्दिबारी संवाददाता ५ महिना अगाडि

झापामा ब्राउन सुगरसहित ४ जना पक्राउ


झापा, २८ माघ । जिल्ला झापामा ब्राउन सुगरसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

२८ गते करिब दिउँसो १:३० बजे, गौरीगंज गाउँपालिका–२, बाहुन टोलस्थित क्षेत्रमा पुर्व–पश्चिम गतिको मे १ह ५६६७ नम्बरको ओटो (टेम्पु) को गोप्य सूचनाका आधारमा चेकजाँच गरिएको थियो।

विज्ञापन (Advertisement)Advertisement

ईप्रका गौरीगंजबाट खटिएको प्रहरी टोलीका सात जनाले अटोको खुट्टा राख्ने म्याट मुनी लुकाई राखिएको अवस्थामा प्लाष्टिकमा ७ ग्राम ५०० मिलिग्राम र प्लाष्टिक बाहेक ६ ग्राम ०९ मिलिग्राम ब्राउन सुगरजस्तो देखिने लिसाइलो पदार्थ फेला पारेको जानकारी छ।

फेला परेको लागु औषधसहित पक्राउ परेका व्यक्तिहरू यसप्रकार छन्:
१. दिल कुमार विश्वकर्मा, ३४ वर्ष, अटो चालक, शिवसताक्षी नगरपालिका–२, हाल दमक–८, एभरेष्ट बोर्डिङ स्कुल बस्ने।
२. अमन ताजपुरिया, २७ वर्ष, गौरादह नगरपालिका–८, भुडेसिम्बल बस्ने।
३. दीपा परियार, १९ वर्ष, धरान उपमहानगरपालिका–१६, जोरसखुवा, हाल दमक–८, पशुहाट बस्ने।
४. पार्वती चौधरी, १९ वर्ष, वेलबारी नगरपालिका–९, बेलचौरी, हाल दमक–८, पशुहाट बस्ने।
उनीहरूलाई आवश्यक अनुसन्धानका लागि ईप्रका गौरीगंजमा राखिएको छ। प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)