झापा, भद्रपुर, २१ भदौ । भद्रपुर नगरपालिका-३ भैसाबाडीमा ६०/६२ वर्षका पुरुष मेची खोला तर्दै गर्दा बगाएर ल्याउने क्रममा स्थानीयले शव फेला पारेका छन्।
स्थानीयले खोला बाहिर शव देखेपछि तत्काल वडा प्रहरी कार्यालय भद्रपुरबाट टोली खटिएको थियो। प्रारम्भिक अनुसन्धानपछि, मृतकको पहिचान सोनुलाल मुर्मु (वर्ष ६५) भनेर उनको छोरी सुसिला मुर्मुले पुष्टि गरेकी छन्।
विज्ञापन (Advertisement)

छोरीका अनुसार, मृतक नेपालबाट भारत जाने क्रममा छोरीको घरमा जान मेची खोला तर्ने क्रममा डुबेर मृत्यु भएको हो। घटना ऐ. १२:२० बजे भएको थियो।
प्रहरीले थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।