हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ११ महिना अगाडि

झापामा लागुऔषध सहित एक व्यक्ति नियन्त्रणमा

झापा । झापाको गौरिगञ्ज गाउँपालिका–१, नेपाल–भारत सीमा क्षेत्रबाट लागुऔषध सहित एक युवक पक्राउ परेका छन्।

Advertisement

प्रहरी चौकी कुञ्जिबारी र सशस्त्र प्रहरी बल बीओपी कुञ्जिबारीबाट खटिएको संयुक्त टोलीले भारततर्फबाट नेपालतर्फ आउँदै गरेको मे ५ प ८००३ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा, चालक झापा कमल गाउँपालिका–५ का ३१ वर्षीय धनेस सहनीको हेलमेटभित्र प्लास्टिकमा लुकाइएको ब्राउन सुगर जस्तो देखिने करिब ६ ग्राम १६ मिलिग्राम खैरो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

Advertisement

सहनीलाई मोटरसाइकल र लागुऔषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय झिलझिलेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)