हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ११ महिना अगाडि

झापामा लागू औषधसहित एक पक्राउ, प्रहरीको ठूलो सफलता

झापा, साउन २२ । झापा बिर्तामोड नगरपालिका–५ कंचन टोलस्थित एक घरबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागू औषध बरामद गरेको छ।

Advertisement

लागू औषध नियन्त्रण ब्युरो काकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त टोलीले साउन २२ गते बिहान करिब १०:२० बजे उक्त घरमा छापा मारेको थियो।

Advertisement

राजेन्द्र पन्थी नामका ४६ वर्षीय स्थानीयको घरमा गरिएको अनुसन्धानका क्रममा भूँईतलाबाट माथिल्लो तलामा जाने सिँढीको मुनी कागजको कार्टुनले छोपेर राखिएको अवस्थामा Tramadol Hydrochloride Capsules I.P. (Tramol-50) लेखिएको २०,००० क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ।

निज पन्थीलाई नियन्त्रणमा लिइ अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ भने घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)