समाचार
हल्दिबारी संवाददाता ८ महिना अगाडि

झापामा लुटिएको इन्सास हतियार फेला, थप २२ हतियार खोजीमा

झापा, १९ कात्तिक । झापामा वेवारिसे अवस्थामा हतियार फेला परेको छ। बिहीबार दिउँसो बिर्तामोड नगरपालिका–६, सुगम शान्ति टोलको तोरीवारी नजिक सिमल–तरुलको झाडीमा इन्सास हतियार १ थान, म्याग्जिन १ थान र २१ राउण्ड गोली (सावुत १९, वेसावुत २) फेला परेको प्रहरीले जनाएको छ।

फेला परेको हतियार २४ गतेको जेन–जी आन्दोलनको क्रममा इप्रका अनारमनिबाट लुटिएको थियो। बरामद हतियार अहिले इप्रका अनारमनिमा राखिएको छ र थप अनुसन्धान जारी रहेको छ।

विज्ञापन (Advertisement)Advertisement

प्रहरीका अनुसार, इप्रका दमक र बिर्तामोडबाट लुटिएका अझै २२ वटा हतियार फेला पारिन बाँकी छन्।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)