समाचार
हल्दिबारी संवाददाता ५ महिना अगाडि

झापामा सवारी चालकलाई लागु पदार्थ सेवन जाँच, १३ जनामा पोजेटिभ देखियो

झापा, २८ माघ । जिल्ला झापामा विभिन्न सवारी चालकको स्वास्थ्य परीक्षण र लागु पदार्थ सेवन (ला.प.से.) जाँच कार्यक्रम सम्पन्न भएको छ।

२८ गते दिउँसो ३:१५ बजे जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको संयुक्त आयोजनामा मेचीनगर–६, मेचिपुलस्थित क्षेत्रमा यो कार्यक्रम सुरु भएको थियो।

विज्ञापन (Advertisement)Advertisement

कार्यक्रमलाई लाइन्स क्लब अफ मेचीनगर र मेचीनगर आधारभूत अस्पताल झापाले सहकार्य गरेका थिए।
कार्यक्रमको प्रमुख आतिथ्य जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्र.उ बसुन्धरा खड्काले गर्नु भएको थियो।

जाँचका क्रममा ११ जना पुरुष र २ जना महिला गरी जम्मा १३ जनामा लागु पदार्थ सेवन पोजेटिभ देखिएको थियो। उनीहरूलाई आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिएर इप्रका काँकरभिट्टामा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। ।

प्रहरीले नागरिकलाई सुरक्षित यातायातका लागि सचेत रहन र नियम पालनामा जोड दिएका छन्।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)