माल्टा — झापाली समाज माल्टाको चौथो अधिवेशनबाट निर्वाचित नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम आइतबार ११ जनवरी २०२६ मा सम्पन्न भएको छ। कार्यक्रम झापाली समाज माल्टाको २०२३–२०२५ कार्यकालका अध्यक्ष मुक्तिलाल पुरीको अध्यक्षतामा सम्पन्न भयो।
कार्यक्रमका प्रमुख अतिथि झापाली समाज माल्टाकी संस्थापक अध्यक्ष शर्मिला बस्नेत रहनुभएको थियो। कार्यक्रममा तामाङ समाज माल्टाका अध्यक्ष सुनिलदोङ तामाङ, किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम लिम्बु, मगर समाजका महासचिव भरत पाइजा, व्यवसायी तथा समाजसेवी भुवन अर्याल, समाजसेवी चित्राङ लिम्बु, काव्य कटवाल र प्रकाश भण्डारीलगायतले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रमको स्वागत मन्तव्य महिला संयोजक शिक्षा घिमिरेले दिनुभएको थियो भने कार्यक्रम सञ्चालन २०२३–२०२५ कार्यकालका कार्यवाहक महासचिव ऋषिराम काफ्लेले गर्नुभएको थियो।
चौथो अधिवेशनबाट निर्वाचित झापाली समाज माल्टाको नयाँ कार्यसमिति निम्नानुसार रहेको छः
अध्यक्ष: एकराज राउत
वरिष्ठ उपाध्यक्ष: त्रिदेव प्रसाईँ
उपाध्यक्ष: लोरेन लेप्चा
महिला उपाध्यक्ष: शिक्षा घिमिरे
युवा उपाध्यक्ष: नवराज बानिया
महासचिव: ऋषिराम काफ्ले
सचिव: मनोज चिमरिया
सहसचिव: उद्धव खनाल
कोषाध्यक्ष: जीवन पोखरेल
सह–कोषाध्यक्ष: सिद्धार्थ गौतम
युवा संयोजक: डिकेश काफ्ले
महिला संयोजक: मनिषा थपलिया
प्रवक्ता: प्रभा गिरी
युवा उपसंयोजक: प्रताप राई
सदस्यहरू:
प्रकाश थापा, मन्थन बस्नेत, सुवास भण्डारी, करण मेचे, अमित मेचे, अशोक मेचे, धनपति बराल, मित्रलाल श्रेष्ठ, अभिषेक पोखरेल, राजु ढकाल, कैलास सापकोटा र योगेन्द्र मैनाली।
यसैगरी, समाजको सल्लाहकार समितिमा मुक्तिलाल पुरी (संयोजक), भक्तबहादुर भण्डारी (सदस्य सचिव), प्रकाश शर्मा, शर्मिला बस्नेत, लालकाजी श्रेष्ठ, उपेन गिरी, नवीन गिरी, श्यामकुमार बस्नेत, अंश, तेजबहादुर लिम्बु ‘स्यान्डी’, कृष्णगिरी, भुवन झा, कमल पोखरेल रहेका छन्।
कार्यक्रममा सहभागी वक्ताहरूले नयाँ कार्यसमितिले माल्टामा रहेका झापाली समुदायको एकता, सहयोग र सामाजिक गतिविधिलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरेका
झापाली समाज माल्टाको अध्यक्षमा एकराज राउत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1

















