हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १२ महिना अगाडि

झापा कचनकवलमा ग्यास लिकेजका कारण आगलागी

झापा, २०८२ साउन ५ गते । झापा जिल्लाको कचनकवल गाउँपालिका–६, बनियानीस्थित रतनलाल राजबंशीको घरमा आज बिहान करिब ९:५५ बजे ग्यास लिकेजका कारण आगलागी भएको छ। खाना पकाउने क्रममा भान्सा कोठामा रहेको सिलिन्डरबाट ग्यास लिक भएको र सोही कारण आगलागी भएको जानकारी प्राप्त भएको छ।

Advertisement

घटनाको खबर प्राप्त हुनासाथ प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो। स्थानीय बासिन्दा र प्रहरीको सक्रिय सहयोगमा आगो करिब १०:३० बजेतिर पूर्णरूपमा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालयले जनाएको छ।

Advertisement

आगलागीका कारण घरमा रहेको फ्रिज १ थान (मूल्य रु ३०,०००), पानी तान्ने मटर १ थान (रु ८,०००), जस्तापाता (रु १०,०००), र ग्यास चुलो १ थान (रु २,५००) जलेर नष्ट भएको छ। कुल क्षति अनुमानितरूपमा रु ५०,५०० रहेको छ।

सौभाग्यवश, घटनामा कुनै मानविय तथा चौपायाको क्षति भएको छैन। प्रहरीले आगलागी सम्बन्धी थप अनुसन्धान गरिरहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)