झापा । झापा गाउँपालिकामा जेन्जी आन्दोलनका नाममा गरिएको प्रदर्शन हिंसात्मक बन्दै गएपछि स्वास्थ्य शाखा समेत प्रदर्शनकारीले जलाइदिएका छन् ।

आन्दोलनकारीहरूले पालिकाको स्वास्थ्य शाखामा आगजनी गर्दै करिब २० लाख मूल्य बराबरका बिरामीका लागि खरिद गरिएका अति आवश्यक औषधिहरू जलाइदिएका हुन ।

सामान्यतया आन्दोलनका क्रममा स्वास्थ्य क्षेत्रलाई नछोइने परम्परा रहे पनि यस पटक झापामा संकलन गरिएका औषधिहरू समेत जलाइएपछि बिरामीहरू मारमा पर्ने अवस्था देखिएको छ।

यसबाहेक पालिकाभित्र रहेका फर्निचर, कम्प्युटर, किसानहरूका लागि खरिद गरिएका कृषि मोटर, विद्यार्थीहरूका लागि खरिद गरिएका साइकल, सरकारी मोटर तथा मोटरसाइकलहरू लगायतका सामग्रीहरू पनि जलाइएका छन्।

स्थानियहरूले बताएका अनुसार, आगजनीसँगै चोरी र लुटपाट समेत गरिएको छ। त्यसक्रममा पालिका र सातै वडाका कागजपत्रहरू पूर्ण रूपमा जलेका छन्।

एक जनप्रतिनिधिले बताएअनुसार, चोरी, डकैती र आगजनीमा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको छ। निकट भविष्यमा उनीहरूको नामसहितको फुटेज सार्वजनिक गर्दै कानुनी कारबाही अघि बढाइने तयारी भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार