हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ११ महिना अगाडि

झापा प्रहरीको सफलता : सुनसरीबाट बलात्कार मुद्दामा फरार कैदी पक्राउ

झापा । सुनसरी कारागारबाट पर्खाल नाघी फरार भएका कैदीलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ ।

Advertisement

मिति २०८२ साउन २८ गते सुनसरी कारागारबाट फरार भएका जबरजस्ती करणी कसूरमा सजाय भोगिरहेका खोटाङ, दिप्रुङचुचुमा गाउँपालिका–२ का २८ वर्षीय रुपक पौडेललाई प्रहरीले सूचनाको आधारमा खोजतलास गर्ने क्रममा झापा बिर्तामोड नगरपालिका–१०, बिराटपोखरबाट मिति २०८२ साउन ३१ गते बिहान ६ बजे पक्राउ गर्न सफल भएको हो ।

Advertisement

पौडेललाई सम्मानित जिल्ला अदालत सुनसरीले जबरजस्ती करणी कसूरमा १३ वर्ष कैद, ५ लाख रुपैयाँ जरिवाना र ३० हजार रुपैयाँ क्षतिपूर्ति सजाय तोकेको थियो । उक्त सजाय भोगिरहेका उनी कारागारबाट फरार भएका थिए ।

प्रहरीका अनुसार पक्राउ परेका कैदीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाउने तयारी भइरहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)