भद्रपुर, झापा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा क्षेत्र नं. ५ बाट बालेन्द्र शाह निर्वाचित हुनुभएको छ। उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हुनुहुन्थ्यो।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार शाहले ६८ हजार ३४८ मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी केपी शर्मा ओलीले १८ हजार ७३४ मत प्राप्त गर्नुभएको छ। ओली नेकपा (एमाले)का उम्मेदवार हुनुहुन्थ्यो।
त्यसैगरी समिर तामाङ (श्रम संस्कृती पार्टी) ले ९ हजार २३३ मत प्राप्त गर्नुभयो। मंधरा चिमरिया (नेपाली कांग्रेस) ले १ हजार ८२१ मत ल्याउनुभयो भने लक्ष्मी प्रसाद संग्रौला (राष्ट्रिय प्रजातन्त्र पार्टी) ले १ हजार ५३६ मत प्राप्त गर्नुभएको छ।
निर्वाचन अधिकृतका अनुसार उक्त क्षेत्रमा कुल १ लाख ६३ हजार ३७९ मतदाता रहेकामा १ लाख ६ हजार ५६८ मत खसेको थियो।
यस परिणामसँगै झापा–५ मा रास्वपाले स्पष्ट अग्रता सहित प्रतिनिधिसभामा सिट सुरक्षित गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार