समाचार
हल्दिबारी संवाददाता ३ महिना अगाडि

डीपी अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय

झापा। रास्वपाले उपसभापति डीपी अर्याललाई सभामुख बनाउने निर्णय गरेको छ। सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंग्याउँदा रास्वपाले भावी सभामुखको बारेमा पनि निर्णय गरेको हो।

रास्वपा संसदीय दलको नेता बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएसँगै, सरकारमा सहभागी हुने व्यक्तिहरूको नाम पनि टुंग्याइएको छ। यस निर्णयले उपसभापति अर्याललाई सभामुख बनाउने कुरा पुष्टि भएको छ।

विज्ञापन (Advertisement)Advertisement

गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले आरामदायी बहुमत प्राप्त गरेको थियो। २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद रहेका छन्।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)