हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

डोनाल्ड ट्रम्प र जो बाइडेनको अन्तिम राष्ट्रपतीय बहसमा माइक्रोफोन अफ गरिने

आउँदो नोभेम्बर ३ तारिखमा हुने भनिएको अमेरिकी राष्ट्रपतिको चुनाव आउन अब १४ मात्र बाँकी रहेको छ। दोस्रो कार्यकालका लागि चुनाव लड्दै गरेका वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र उनका प्रमुख प्रतिद्वन्द्वी जो बाइडेनबीच पहिलो प्रत्यक्ष बहस अमेरिकी स्थानिय समय सेप्टेम्भर २९ तारिखमा भएको थियो।

Advertisement

उक्त बहस ओहाइयोको क्लिभल्याण्डमा अवस्थित केस वेस्टर्न रिजर्व विश्वविद्यालयमा भएको थियो। अमेरिकामा राष्ट्रपति चयनका लागि मतदाताहरूले अन्य कुराका साथै टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने यस्तो बहसलाई पनि महत्त्व दिने गर्छन्।दोश्रो राष्ट्रपतीय बहस अक्टोबर १५ तारिख फ्लोरिडा राज्यको अर्ष्ट सेन्टरमा हुने भनिएको थियो। तर, राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण भएपछि उक्त बहसलाई औपचारिक रुपमै रद्द गरिएको थियो।

Advertisement

त्यसैगरी अब हुने अन्तिम तथा तेस्रो बहस स्थानीय समयअनुसार अक्टोबर २२ तारिख राति ८ बजे देखि ९ः३० सम्म चल्ने छ। नेपालीसमय अनुसार उक्त बहस अक्टोबर २३ मा हेर्न सकिने छ।राष्ट्रपति चुनावका लागि यो अन्तिम बहस न्याशभिल, टिनिजको बेल्मन्ट विश्वविद्यालयबाट प्रशारण हुने छ। यसैबीच, बहस आयोजकहरुले यस पटकको बहसमा माइक्रोफोन म्युट गरिने बताएका छन्।

मुख्यतया ट्रम्पले बहसमा आफ्नो प्रतिद्वन्द्वीको बोल्ने पालोमा पटक पटक अवरोध खडा गरेका थिए। बहसका क्रममा जो बाइडेनलाई पटक पटक अवरोध गरेपछि माइक्रोफोन म्युट गर्ने उपाय अपनाएको समाचार माध्यम बीबीसीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)