हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

तीन जना पत्रकारलाई कोरोना भाइरस संक्रमण

मुम्बईमा कार्यरत तीन जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण पाइएको छ । भारतीय सन्चार माध्यमका अनुसार सबैलाई आईसोलेसनमा राखेर उपचार भइरहेको छ ।बान्द्रास्थित एक होटलमा बसिरहेका ४० पत्रकारमध्ये उनिहरु रहेको जनाइएको छ ।

Advertisement

अन्य ३७ जना पत्रकारमा नेगेटिभ पाइए पनि होटलमै क्वारेन्टाइनमा राखिएको छ । संक्रमित भनिएका तीनै जना पत्रकारको परिक्षण उनिहरु आबद्ध सञ्चार माध्यमले गरेकाले अब त्यसको थप परिक्षण ब्रिहानमुम्बई म्युनिसिपाल कर्पोरेसनले गर्ने छ ।

Advertisement

होटलमा रहेका सबै पत्रकार टाइम्स ग्रुपमा आबद्ध रहेका र उसैले सम्पुर्ण व्यवस्थापन गरिरहेको जनाइएको छ। संक्रमित तीनै जना न्युज डेस्कमा काम गर्ने हुन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)