हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

दक्षिण भारतीय अभिनेता यशका फ्यानका लागि आयो खुशीको खबर,’केजीएफ २’ अब घरमै बसी बसी हेर्न पाईने

पछिल्लो समय हिन्दी फिल्मलाई थिच्दै दक्षिण भारतीय चलचित्रहरु दर्शकको मनमा बस्न सफल हुदै आएका छन् । एक पछि अर्को फिल्मले बक्स अफिसमा तहल्का मच्चाइरहेका फेरी साउथका सुपरस्टार यशको फिल्म ‘केजीएफः च्याप्टर २’ ले दिनहुँ नयाँ इतिहास रच्न थालेको छ । बक्स अफिसमा फिल्मले एकदमै राम्रो कमाई गरिरहेको छ ।

Advertisement

आरआरआर पछि अहिले सबैतिर केजीएफकै चर्चा चुलिएको छ । यहि फिल्म अब हलमा मात्र हैन ओटीटी प्लेटफर्ममा पनि रिलिज हुने भएको छ । ‘केजीएफः च्याप्टर २’को डिजिटल अधिकार ओटीटी प्लेटफर्म अमेजन प्राइमले किनेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

Advertisement

अभिनेता यशको यो फिल्म अमेजन प्राइम भिडियोमा हिन्दी, कन्नड, तेलुगु, मलायालम र तमिल भाषाहरूमा स्ट्रिम गरिने बताइएको छ । निर्देशक प्रशान्त नीलद्वारा निर्देशित केजीएफः च्याप्टर २ अमेजन प्राइम भिडियोमा मे २७ देखि स्ट्रिम हुनेछ । यद्यपि फिल्मका निर्माताहरूले ओटीटी रिलिजको बारेमा आधिकारिक बयान जारी गरेका छैनन् ।

त्यस्तै केजीएफ २ ले तोड्यो ‘बाहुबली २’ को रेकर्ड तोडेको छ । केजीएफः च्याप्टर २ ले रिलिजको सातौं दिनमा पनि हिन्दी भाषी राज्यहरूमा आफ्नो बलियो पकड कायम राखेको छ । विहीबार फिल्मको हिन्दी संस्करणले २०१७ मा रिलिज भएको फिल्म ‘बाहुबली २’ को रेकर्ड तोडेको छ । बाहुबली २ ले रिलिजको पहिलो सात दिनमा बक्स अफिसमा २४६ करोड कमाएको थियो । ‘केजीएफ २’ ले रिलिजको सातौं दिनमा २५५.०५ करोडको कलेक्सन गर्दै ‘बाहुबली २’ को रेकर्ड तोडेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)