हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ११ महिना अगाडि

दमकमा मिडिया सञ्चालक र पत्रकारलाई सामाजिक सुरक्षा कोषबारे सहजीकरण

दमक ।  झापाको दमकमा मिडिया सञ्चालक र पत्रकारलाई सामाजिक सुरक्षा कोष र लेखा व्यवस्थापनबारे सहजीकरण कार्यक्रम गरिएको छ।

Advertisement

प्रेस चौतारी नेपाल, झापाले आयोजना गरेको कार्यक्रममा कोषका कोशी प्रदेश प्रमुख दीपकराज भट्ट र आन्तरिक राजस्व कार्यालय दमकका प्रमुख ज्ञानेन्द्र प्रसाद यादवले सहजीकरण गरेका थिए।

Advertisement

भट्टले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको स्थापना, उद्देश्य, सञ्चालन, योगदानकर्ता, योजना, आवद्ध हुने प्रक्रिया तथा लाभबारे जानकारी दिए। उनका अनुसार यसमा श्रमिक र रोजगारदाताले मासिक तलबको ३१ प्रतिशत योगदान गर्ने व्यवस्था छ — जसमा श्रमिकले ११ प्रतिशत र रोजगारदाताले २० प्रतिशत योगदान गर्छन्। कोषमा आबद्ध श्रमिक र परिवारले दुर्घटना बीमा, स्वास्थ्य उपचार, मातृत्व तथा शिशु स्याहार भत्ता, घातक रोग उपचार खर्च र दीर्घकालीन पेन्सनजस्ता सुविधा पाउने व्यवस्था छ।

यादवले भने कर प्रणाली, लेखा व्यवस्थापन, कारोबारअनुसार कर तिर्ने नियम र बिल–विजकको व्यवस्थाबारे जानकारी दिए।

कार्यक्रमका प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रीय सचिव विक्रम लुइटेलले निम्न आय भएका व्यक्तिका लागि सामाजिक सुरक्षा कोष उपयोगी हुने बताउँदै सबैलाई आबद्ध हुन आग्रह गरे।

प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न पत्रकार संगठनका प्रतिनिधि र स्थानीय सञ्चारकर्मीहरूको सहभागिता थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)