हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

दिपावालीको अर्को दिन दिल्ली बन्यो संसारकै प्रदुषित वायु भएको सहर (तस्बिरहरू)

भारतको राजधानी नयाँदिल्ली शुक्रबार संसारकै बढी प्रदुषित वायु भएको सहर बनेको छ। बिहीबार राति लक्ष्मीपूजा र दिपावालीको अवसरमा पड्काइएका पटकाका कारण दिल्लीको वायुमा प्रदुषणको मात्राले खतराको तह पार गरेको हो।

Advertisement

समाचार संस्था रोयटर्सका अनुसार शुक्रबार बिहानदेखि दिल्लीको आकाश तुवाँलोले ढाकेको छ भने दिल्लीको एयर क्वालिटी इन्डेक्स (एक्वुआई) ४५१ पुगेको छ।

Advertisement

सरकारले पटाका पड्काउन प्रतिबन्ध लगाए पनि त्यसको कार्यान्वयन नहुँदा दिल्लीसहित भारतका अरू सहरमा पनि वायु प्रदुषण बढेको हो।

स्विट्जरल्याण्डको एक्युएआइआरका अनुसार शुक्रबार दिउँसो दिल्लीको एयर क्वालिटी इन्डेक्स ३९२ छ।एक्वुआई ५० हुनु राम्रो मानिन्छ। ० देखि १०० सम्मलाई मोडरेट मानिन्छ। एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ। २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ। एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो। ३ सयभन्दा माथि जानुचाहिँ घातक हो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)