हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

दीपक र दीपा संग छुटिएका जितुले ल्याउने भए नयाँ कमेडी फिल्म

यतिबेला कमेडि जनरामा बनेका नेपाली फिल्महरु चल्न थालेपछि आकर्षण बढेको छ । यसको बाटो भने ‘छक्कापञ्जाले खोलि दिएको हो । अब यहि छक्का पञ्जाको टिमबाट बाहिरिएका ३ जना युवाहरुले नयाँ कमेडी फिल्म निर्माण गर्ने भएका छन् ।

Advertisement

यस फिल्मलाई छक्का पञ्जाको टिममा बसेर काम गरिसकेका जितु नेपाल , सुमन गिरी भाञ्जा तथा ताराचन्द्र बजगाँई निशानले निर्माण गर्न लागिरहेका हुन् ।

Advertisement

फिल्मलाई दिनेश डीसीले निर्देशन गर्नेछन् भने दशैंपछि छायांकन सुरु हुने बताइएको छ । दीपकराज गिरी र दीपाश्री निरौला संगको खटपट पछि जितु आफै फिल्म निर्माणको तयारीमा जुटेका हुन् । फिल्मको पटकथाको अहिले काम भईरहेको छ । पटकथा जितु आफैले लेख्दैछन् । फिल्म लेखनको काम अहिले अन्तिम चरणमा पुगेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)