हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

दुई करोड अमेरिकी कोरोनाद्वारा संक्रमित हुने सीडीसीको अनुमान

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) ले दुई करोड बढी अमेरिकी कोरोनाद्वारा संक्रमित हुनसक्ने आशंका जनाएको छ । सीडीसीका निर्देशक डा रोबर्ट रेडफिल्डले विहीबार मिडियासँगको कुराकानीमा यस्तो आशंका व्यक्त गरेका हुन् । उनले भने, ‘हाम्रो सबैभन्दा राम्रो अनुमान यो हो कि जब एकजना मात्रै कोरोनाका नयाँ संक्रमित देखिन्छ तब १० अन्य संक्रमित थपिन्छन् ।’

Advertisement

सीडीसीका अनुसार अमेरिकामा यो महामारीले युवावर्गलाई सर्वाधिक प्रभावित पारिरहेको छ । यद्यपि, यसको फाइदा यो हो कि यसले संक्रमित व्यक्तिको मृत्युको संख्यामा कमी आउन सक्छ । सीडीसीका संक्रामक रोग विशेषज्ञ डा जय बटलरका अनुसार युवा संक्रमित हुनुको सबैभन्दा मुख्य कारण ज्येष्ठ नागरिकले झैं युवावर्गले सावधानी अपनाउँदैनन् ।

Advertisement

अमेरिकी सीडीसीले युवामा यसबारे जागरुकता बढाउनका लागि टिकटकजस्तो सोसल मिडिया प्लेटफर्मको प्रयोग गर्नेबारे विचार गरिरहेको जानकारी दिएको छ ।
बीबीसीको सहयोगमा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)