हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

दुबईमा अलपत्र ४ नेपालीको दुर्गा प्रसाईले गरे उद्दार

दुबईमा अलपत्र अवस्थामा रहेका चार नेपाली दाजुभाई दाङका गोविन्द बहादुर खत्री, खोटाङमा चन्द्रबहादुर बुढाथोकी, नवलपरासीका सन्दिप तिम्सिना र इलामका सन्देश निरौलालाई पुर्वान्चन क्यान्सर अस्पताल तथा बिएण्सि मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईले आफ्नै निजि खर्चमा आज नेपाल फर्काउन लाग्नु भएको छ ।

Advertisement

दुर्गा प्रसाईले लेख्नु भएको छ , पैसा कमाउने सपना बोकेर आएका यी नेपाली दुबईको ५० डिग्रीको घाममा कसैको घरको छतमा शरण लिएर बसेका थिए । चर्को घाम र प्रहरीको लुकामारी र कसैको आक्रमणका कारण शरीरभर घाउ नै घाउ र खुट्टामा निलडाम र फोकै फोका भई भोकभोकै अलपत्र परेका यी दाजुभाइको अवस्था देख्दा मन कटक्क खान्छ । विदेशीभूमिमा अलपत्र पर्नुभएका नेपालीहरुलाई मेरो बरकदले भ्याएसम्म फेरी पनि म सहयोग गरिनै रहनेछु । अलपत्र यी दाजुभाइ नेपाल ल्याएसँगै यीनलाई ठग्ने मेनपावर कम्पनी र दलाल विरुद्घ कानुनी उपचार गरी ठगिएको रकम फिर्ता गराउन प्रयत्न गर्ने छु ।

Advertisement

उनले लेखेका छ्न आफ्नो फेसबुक पेजमा एउटा भिडियो सन्देश दिदै दुबईको यसपटकको भ्रमणका क्रममा अलपत्र चार नेपालीको जिवितै उद्दार र दुबईको ५० ड्रिगी घाममा मर्नु न बाँच्नु भएर बसेका नेपालीहरुलाई चाँडै पारिवारिक मिलन गराउने छु । अलपत्र नेपालीको उद्दार अभियान जारी नै राख्ने प्रण गर्दै फेरी पनि सबैको साथ सहयोगको अपेक्षा गर्दछु ।मेरो यस कर्ममा साथ सहयोग दिनुहुने सब सबैप्रति हार्दिक नमन गर्दै अलपत्र नेपालीको यो अवस्था हुँदा समेत थाहै नपाइझै बस्ने मेरो देशको सरकारलाई भने एक पटक फेरी धिक्कार्न चाहान्छु । धिक्कार छ नेपाल सरकार ।

दुबईका राजकुमार संग राम्रो सम्बन्ध बनाएका प्रसाईले केहि दिन भित्र ३ जनाको लास र १६ अलपत्र परेका नेपालीहरुको उद्दारगरी नेपाल ल्याउने क्रममा आज ४ नेपाली स्वदेश फर्किदै गरेको प्रसाईले आफ्नो भिडियो सन्देशमा दिनु भएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)