हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

दुबईमा अलपत्र परेका १६ मध्ये दुई वटा शव तत्कालै नेपाल ल्याइदै

हल्दिबारी , झापा  – झापा स्थित बिएन्सि अस्पतालका कार्यकारी निर्देशक  तथा नेकपा एमालेका केन्द्रिय सदस्य दुर्गा प्रसाईले दुबईमा अलपत्र परेका दुई वटा शव तत्कालै नेपाल पठाउने भएका छन् ।

Advertisement

दुबई भ्रमणमा रहेका प्रसाईले वर्षौदेखि अलपत्रमा परेका १६ जना नेपाली नागरिकको शब नेपाल ल्याउन पहल गरेको एक साता नबित्दै २ जना नेपालीको सव नेपाल ल्याउने अन्तिम तयारीमा रहेको बताइएको छ l

Advertisement

तत्काल  एक महिला र एक  पुरुषको  सव नेपाल ल्याउन लागिएको   प्रसाइले जानकारीदिनु भएको छ l ठेगाना नखुलेको  शब समिक्षा राना मगर र तेह्रथुमका ओम प्रशाद पौड्यालको रहेको जनाइएको छ । अन्य शब भने प्रक्रियाको चरणमा रहेको प्रसाईँले बताएका छन् ।

प्रसाईं दुबई आएको थाहा पाउने वित्तिकै त्यहाँ रहेका नेपालीहरुले उनीसँग सहयोगको लागि अपिल गरेका थिए । अपिलपछि प्रसाईले त्यहाँ रहेका नेपाली दाजुभाइलाई भेटघाट गरि विभिन्न कारणले मृत्यु भएका र आर्थिक अभावको कारणले कयौं बर्ष देखि नेपाल पठाउन नसकिएका शव पठाउन आफूले पहल गर्ने आश्वासन दिएका थिए ।

सरकारले रेमिटेन्सको लोभले दक्ष युबा जनशक्ति खाडी मुलुक मा पठाउने र मृत्यु पछि कुनै वास्ता नगर्ने जिम्मेवारीबाट पन्छिने काम गर्दै आएको छ।

युएईका राजकुमारको निमन्त्रणामा दुबई पुगेका प्रसाईले आजीवन जेल सजाय भोगिरहेका नेपालीलाई समेत आम माफी मार्फत नेपाल ल्याउनको लागि राजकुमार लाई अनुरोध समेत गरेको स्रोतको दावी रहेको छ l

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)