हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

देउनियामा भइ रहेकाे खुल्ला सुपर १५ क्रिकेट खेलमा आज पाराखोपि र भद्रपुर बल ब्लास्ट्रर क्रिकेट टिम स्तव्ध

जनक राजवंशी । हल्दिबारी, ३० असोज । देउनिया क्रिकेट टिमद्वारा आयोजित खुल्ला सुपर १५ क्रिकेट प्रतियोगिता हल्दिबारी गाउँपालिका वडा नं. २ मा रहेको भेलागडी सहिद स्मृति लोकतान्त्रिक पार्क संगै रहेको खेल मैदानमा चलि रहेकाे छ ।

Advertisement

आज चाैथाे दिनको पहिलो  डि सि टि रेड र पाराखोपी बिचमा डि सि टि रेड्ले पहिलो ब्याटिङ गर्दै निर्धारित १५ ओभरमा उज्ज्वल काफ्लेको २८, अङ्कित सुबेदिको ३० र बिस्फोटक ब्याट्स्म्यान सिभु राजवन्सीको १५ बलमा ४४ रनको मद्द्तमा १४४ रनको योगफल तयार गरेको थियो । जवाफी ब्याटिङमा पाराखोपिले ९२ मात्र बनाउन सकेको थियो। पाराखोपी बाट सितारामले सर्वाधिक २३ रनको योगदान गरेका छ्न भने शिभु र कमल राईले २ २ विकेट लिएका थिए। खेलका म्यान अफ दि म्याच शिभु राजवन्शी ले प्राप्त गरेका छन।

Advertisement

त्यसैगरी आजै भएको दोस्रो खेल बुट्टाबारी कृकेट टिम र भद्र्पुर बल ब्लास्ट्रर बिचमा भद्रपुरले पहिलो ब्याटिङ गर्दै निर्धारित १५ ओभरमा ९ विकेट गुमाउँदै ६७ रन बनाएको थियो भने बुट्टाबारी बाट रोहित आसिफ र रिन्कुले समान २ विकेट लिएका छन। ६८ रनको योगफल पाएको बुट्टाबारि कृकेट टिमले ८.५ बलमा समीर कार्की को २१ बलमा ४० रनको बिस्फोट्क ईनिङको मद्द्तमा लक्ष्य भेटाएको थियो खेलको म्यान अफ दि म्याछ समीर कार्की भएका छन।

उक्त खुल्ला सुपर १५ क्रिकेट प्रतियोगितामा विजेता हुने टिमले नगद रु.४०,०००।– धनराशी साथै मेडल ट्रफी पाउने छन् भने उप विजेता टिमले रु.२५,०००।– मेडल ट्रफी पाउने छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)