हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

देउनिया सुपर १५ क्रिकेट प्रतियोगिताको उपाधि बुटाबारी क्रिकेट क्लवलाई

जनक राजवंशी । हल्दिबारी, ०५ कार्तिक । देउनिया क्रिकेट टिमद्वारा आयोजित खुल्ला सुपर १५ क्रिकेट प्रतियोगिता हल्दिबारी गाउँपालिका वडा नं। २ मा रहेको भेलागडी सहिद स्मृति लोकतान्त्रिक पार्क संगै रहेको खेल मैदानमा सम्पन्न भएको छ ।

Advertisement

उक्त समापन खेलमा विशेष अतिथिका रुपमा हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देन र भद्रपुर नगर पालिकाका प्रमुख गणेश पोखरेल रहनु भएको थियो भने अतिथिमा कामक्ष टि प्रा.लि. का संचालक कृष्ण प्रसाई, लोकदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पर्शुराम बजगाईं, श्री नवदुर्गा मन्दिर पाराखाेपीका अध्यक्ष कुमार भण्डारी क्षेत्री, खेल मैदान धनि भुपाल काफ्ले र समाजसेवी तथा युवा ब्यवसायी संजिव पौडेल रहनु भएको थियो ।

Advertisement

प्रतियोगिताको फाइनल खेल बुटाबारी क्रिकेट क्लव र पन्थापाडा क्रिकेट टिम बिच भएको थियो । उक्त खेल पन्थापाडाले टस जितेर पहिलो ब्याटिङ्ग गर्दै निर्धारित १५ ओभरमा बादशाह अलिको २२ रनको मदतमा ५८ रनको योगफल तयार गरेको थियो । बलिङ्गमा बुटाबारी तर्फबाट रिङ्कुश राईले ३ विकेट र रोहित राजवंशीले २ विकेट लिएका थिए । जवाफी लक्ष्य पछ्याएको बुटाबारी टिमले समिर कार्कीको ३४ रनको मदतमा २ विकेटको क्षतीमा लक्ष्य भेटाएको थियो । यस साथै देउनिया क्रिकेटको उपाधि बुटाबारी क्रिकेट क्लवले जित्न सफल भएको छ । खेलमा उत्कृष्ट प्रदर्शन गरेका रिङ्कुश राई म्यान अफ दि म्याच घोसित भएका थिए । प्रतियोगिताको सर्वउत्कृष्ट खेलाडीका रुपमा रोहित राजवंशी भएका थिए साथै सर्बोउत्कृष्ट बलर डिसिटि ब्लुका किशोर धमला र सर्वोउत्कृष्ट ब्याटमेन पन्थापाडाका सुरेश सिंह भएका थिए । उनिहरुले जनहि रु.२५००।– नगद र ट्रफि प्राप्त गरेका छन् ।

विजेता बुटाबारी क्रिकेट क्लवले रु.४००००।– नगद, ट्रफी र मेडल पाएका थिए साथै उप विजेता पन्थापाडा क्रिकेट टिमले रु.२५०००।– नगद, ट्रफी र मेडल पाएका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)