हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

देउवा–पौडेल र सिटौलाबीच मिल्यो भागबण्डा ?नेविसंघ तदर्थ समितिमा २१ जना पदाधिकारी !

काठमाडौं । नेपाली काँग्रेसमा भ्रातृ संगठन नेपाल विद्यार्थी संघ(नेविसंघ)को तदर्थ समिति गठनका लागि गुटगत भागबन्डा मिलेको छ ।पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शुक्रबार बिहान १० बजेदेखि साझ ५ः३० बजेसम्म भएको शीर्ष नेताहरुबीचको छलफलले नेविसंघबारे सहमति जुटाएको छ ।

Advertisement

नेविसंघको तदर्थ समिति १२७ सदस्यीय हुनेछ । जसमा सभापति देउवाले पक्षले सभापति सहित ३ महामन्त्री, २ उपाध्यक्ष, २ सहमहामन्त्री एउटा कोषाध्यक्ष र ४० जना सदस्य पाएको छ । यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले ३ महामन्त्री, २ उपाध्यक्ष २ सहमहामन्त्री र ३५ सदस्य पाएको छ ।

Advertisement

यता, सिटौला पक्षले २ महामन्त्री, २ उपाध्यक्ष, २ सहमहामन्त्री र ३० सदस्य पाएको छ । नेविसंघका विषयमा उपसभापति विजय गच्छदारको समूहसँग छुट्टै डिल हुनेछ । तदर्थ समिति बनिसकेपछि गच्छदार समूहलाई एउटा महामन्त्रीसहित केही सदस्यलाई दिइने नेताहरुबीच सहमति भएको छ ।

योसँगै करिब १ वर्षदेखि नेतृत्वविहीन अवस्थामा रहेको नेविसंघले नयाँ नेतृत्व पाउने निश्चित भएको छ । पार्टीले १२ औँ महाधिवेशन गराउन नसेकेको भन्दै गत वर्ष माघ २८ गते ११ औँ महाधिवेशनबाट आएको नैनसिंह महर नेतृत्वको निर्वाचित कार्यसमितिलाई राजीनामा दिन बाध्य पारिएको थियो ।

त्यसपछि फागुन २ गते बसेको केन्द्रीय समिति बैठकले महरको राजीनामा स्वीकृत गरेको थियो । सोही केन्द्रीय समितिले नेविसङ्घमा तदर्थसमितिबाट नेतृत्व चयन गर्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको थियो । देउवाले १ वर्ष पुग्नैलाग्दा नेविसंघलाई नयाँ नेतृत्व दिन लागेका छन् । सबै नेताहरुले आफ्नो समूहबाट नाम दिएपछि आइतबारसम्म नेविसंघले नयाँ नेतृत्व पाउनेछ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)