हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

देशले पलायन हुनबाट रोक्न नसकेको जिन्दगीको नायक खलनायक पुष्कर भट्टको कथा

हाम्रो जानकारी अनूसार भट्ट जस्ता बहुप्रतिभशाली व्यक्तित्व संसारभरि कमै होलान्। त्यसमा सिनेमा क्षेत्रमै रहेका बलिउडका एक्शन किंग अक्षय कुमार पनि एक हुन्।

Advertisement

पाठकहरुले शीर्षक हेर्दा झट्ट कलाकार पुष्कर भट्टले बलिउडमा फडको मारेछन् भन्ने अनुमान गर्नुभएको होला तर विषय अलिकति फरक रहेको छ। पुराना देखि नयाँ पुस्तासम्म डरलाग्दो खलनायक भनेर भट्टलाई नचिन्ने सायद कोही होला। आफ्नो छुट्टै गेटअप, आफ्नो छुट्टै विशेषता र फरक फरक पात्रको अभिनय कौशलता बोकेका भट्ट केही वर्ष यता क्यानाडामा बसोबास गर्दै आएका छन्। आफ्नो जन्मभूमी बाहिर रहँदा आफ्ना फ्यानहरुले बिर्सिने हुन् कि भनेर भट्ट उतैबाट विभिन्न किसिमका चर्चामा आउने काम गरीनै रहन्छन्। उनी किया मोटोर्सको ब्रान्ड एम्बेसडर देखि अमेरिकामा उनले पाएको वेस्ट एक्टर अवार्ड विजेता, वेब सेरिज डिरेक्सन आदि जस्ता विभिन्न कुरामा आफ्नो सक्रियता देखाउँदै आएको कुरा सबैलाई थाहा नै छ।

Advertisement

आज हामीले उहाँको बारेमा एउटा गज्जबको कुरा थाहा पाएका छौं।

सामाजिक सञ्जाल तिर भट्टले एउटा स्वादिष्ट पकवानले भरिएको ट्रे हातमा समाति ओपनिङ सून क्याप्सन सहितको तस्बिर हालेको देखियो। उनीबाट पहिला यस्ता प्रकारका कार्य कहिल्यै नदेखिएकोले यो हाम्रो लागि रोचक विषय बन्न पुग्यो।

त्यस पश्चात हाम्रा संवाददाताले यो छायांकन हो या अरु केही भनेर बुझ्दा यस प्रकारको तथ्य अगाडि आयो। २०३० मा सुदुरपश्चिमको दाइजी गाउँमा जन्मिएका भट्ट सानै उमेरमा भारतीय लाहुरे भएछन्। भट्ट भन्छन् ( आफू गरीब भएपनि सपना करोडौंको देख्न पछि हट्न हुँदैन।

उनलाई काममा राख्नु अगाडि मालिकले के आउँछ भनेर सोध्दा उनी के आउँछ भनेर भन्दा पनि के आउँदैन सोध्नुस् भन्थे रे। उनलाई सबै कुरा सिक्न सकिन्छ भन्ने थियो।

भट्टले आफ्नो जीवन संघर्षको धेरै कथा र व्यथा सुनाउनु भयो। उहाँको संघर्षको कथाहरू सुन्दा हाम्रो पनि मन भक्कानिएर आयो। स्तब्ध हुदै हामी उहाँलाई सुनिरहयौ।

सबै बुझ्दा उनी सिनेमामा आउनुभन्दा पहिले चेफको काम गर्दा रहेछन्। २०७२ को भूकम्पमा काठमाडौंंमा कमाएको सबै गएपछि क्यानाडा पुगेका भट्टले आफूले राम्रो आम्दानी हुने पेसा सिकेकाले सधैं व्यस्त रहे तर आफू के गर्छु भनेर मिडियालाई भनेनन्।

यत्रो समय लुकाउनु भएको कुरा आज किन मिडियालाई आफै भन्दै हुनुहुन्छ भनेर हामीले सोध्दा उनले यो मेरै फाइदाको लागि हो भने। सँगै उनले थपे ूपहिला करिब ५ वर्ष अरुकोमा काम गरेँ त्यो मेरो बाध्यता थियो तर अब कुरा फरक छ। अब १र२ महिनामा मेरा हुर्केका बच्चाहरु यता आइपुग्छन् । मेरो दिमागमा आफ्नो काम खोल्नुपर्छ भन्ने लागेको र आफै चेफ भएकोले घाटाहुने सम्भावना न्यून रहने र आफू चर्चित अनुहार भएकाले प्रचारप्रसार गर्दा व्यवसाय चल्नेमा ढुक्क छु।ू

यो त रहयो उहाँको कुरा तर हाम्रो मनले रातभरि एउटै कुरा सोचीरहयो। नेपाल सतीले सरापेको देश भन्थे हो की जस्तो लाग्यो। अनेकौं कुराहरू मनमा खेल्न लागे। सिनेमाको निर्माता पैसा हुने जो कोही पनि हुन सक्छ तर कलाकार केही मात्रै हुन्छन्। त्यसमा पनि चर्चित हुनु अझै गार्हो विषय हो। अर्को रेस्टुरेन्ट झन् गाह्रो विषय हो। रेष्टुरेन्टको मालिक जो पनि हुनसक्छ तर एक कुशल चेफ बन्न कति धेरै समय लाग्छ होला।

त्यसमा पनि सारै गजब कुरा एक व्यक्ति २र२ वटा कठिन विषयमा निपूर्ण। यस्ता व्यक्तिलाई बहुप्रतिभशालीको संज्ञा दिन कञ्जुसाई गर्नुहुँदैन। हाम्रो जानकारी अनूसार भट्ट जस्ता बहुप्रतिभशाली व्यक्तित्व संसारभरि कमै होलान्। त्यसमा सिनेमा क्षेत्रमै रहेका बलिउडका एक्शन किंग अक्षय कुमार पनि एक हुन्। मिडिया श्रोत अनुसार अक्षयको जीवन पनि भट्टको भन्दा कम संघर्षशील रहेनछ। अक्षय र भट्टको केहिकुरा गज्जबले मिल्दा जुल्दा रहेछन्। जस्तै दुबै कलाकार, दुबै चेफ, दुबै क्यानडाका स्थायी बासिन्दा।

भट्टजस्तै नेपाल आमाले धेरै प्रतिभाशाली सन्तान जन्माएकी छन् तर उनीहरू अर्काको देशको सेवा गर्दै छन्। हाम्रो प्रश्न उनलाई जो देश चलाउने ठेक्का लिएर कुर्सीमा बसिरहेका छन्। किन राम्रा योग्य मानिस बाहिर पलायन हुन बाध्य भइरहेका छन्रु किन सरकारले उनीहरूलाई उनको क्षमता अनुसारको सम्मान दिन सकिरहेको छैन?breakingnewsnepal बाट 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)