हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

धरानमा कांग्रेसले ३० वर्षपछि कम्युनिष्टको किल्ला भत्कायो

धरान । जिल्लाको धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईको विजय सुनिश्चित भएको छ। ५३ हजार पाँच सय १७ गन्दा तिलक नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार प्रकाश राईभन्दा २६ सय २ मतले अगाडि छन्।

Advertisement

तिलकले २५ हजार ९ सय ९५ मत पाएका छन् भने प्रकाशले २३ हजार ३ सय ९३ मत ल्याएका छन्। धरानमा वडा नम्बर ७ को मत गणना जारी छ। जम्मा २१ सयमत गणना गर्न बाँकी छ।

Advertisement

तिलकको जितसँगै नेपाली कांग्रेसले बहुदल आएको २९ वर्षमा पहिलो पटक धरान उपमहानगरको नेतृत्व पाउने छन्। २८ वर्षसम्म धरान कम्युनिष्टको किल्लाको रूपमा रहेको थियो। २०४८ सालको आमनिर्वाचन जित सुनिश्चित गर्न एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी यही क्षेत्रबाट उम्मेदवार बनेका थिए।

दुई वर्षअघि भएको चुनावमा धरानमा तत्कालीन नेकपा एमालेका नेता तारा राई चार हजार मतान्तरले विजयी भएका थिए। त्यतिबेला पनि कांग्रेसबाट तिलक राई नै उम्मेदवार बनेका थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)