नरेन्द्र मोदी ले बनाए ऐतिहासिक रेकर्ड, बने सबैभन्दा लामो समय शासन गर्ने सरकार प्रमुखभारतका प्रधानमन्त्री नरेन्द्र मोदी ले भारतीय राजनीतिमा नयाँ इतिहास रचेका छन्। उनी देशमा सबैभन्दा लामो समयसम्म सरकार प्रमुखको रूपमा कार्य गर्ने नेता बनेका छन्।

उनले सिक्किमका पूर्व मुख्यमन्त्री पवन कुमार चामलिङ को रेकर्ड तोडेका हुन्।उपलब्ध विवरणअनुसार चामलिङले ८,९३० दिनसम्म मुख्यमन्त्रीको रूपमा कार्य गरेका थिए भने मोदीले गुजरातका मुख्यमन्त्री र प्रधानमन्त्रीका रूपमा बिताएको समय जोड्दा ८,९३१ दिन पूरा गरेका छन्। यससँगै उनले निरन्तर सार्वजनिक सेवामा नयाँ कीर्तिमान कायम गरेका छन्।मोदीले यसअघि गुजरातका सबैभन्दा लामो समयसम्म मुख्यमन्त्री रहने रेकर्ड पनि बनाएका थिए।

उनी लामो अनुभव भएका प्रधानमन्त्रीका रूपमा पनि चिनिन्छन्।त्यस्तै, उनी सन् २०१४, २०१९ र २०२४ का लोकसभा चुनाव लगातार जित्ने पहिलो गैर-कांग्रेस प्रधानमन्त्री समेत बनेका छन्।सन् १९५० मा गुजरातमा जन्मिएका मोदीले आफ्नो राजनीतिक यात्रा राष्ट्रीय स्वयंसेवक संघ (आरएसएस) बाट सुरु गरेका थिए। सन् १९८५ मा भारतीय जनता पार्टीमा प्रवेश गरेपछि उनले संगठन र नेतृत्व दुवै क्षेत्रमा सक्रिय भूमिका खेलेका थिए।

NEW DELHI, INDIA – DECEMBER 05: India’s Prime Minister Narendra Modi speaks during a presentation of a joint statement after delegation level talks with Russian President Vladimir Putin at Hyderabad House on December 05, 2025 in New Delhi, India. During his two-day state visit to India, Russian President Vladamir Putin is holding talks with Indian Prime Minister Prime Minister Narendra Modi and attend the 23rd India-Russia Annual Summit. (Photo by Elke Scholiers/Getty Images)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार