हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता १० महिना अगाडि

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले संसद् (प्रतिनिधि सभा) विघटन गरिन्

काठमाडौं : नेपालकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार राति पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि आफ्नो पहिलो निर्णयमा संसद् (प्रतिनिधि सभा) विघटन गरेकी छन्।

Advertisement

शपथ ग्रहण समारोहपछि शीतलनिवासमा बसेको आफ्नो पहिलो मन्त्रिपरिषद् बैठकमा कार्कीले जेनजीले उठाएको संसद् विघटनको माग सम्बोधन गरेकी हुन्।

Advertisement

कार्कीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भनिन्  “भर्खरै आएका छौं। अब भोलि वा पर्सि सल्लाह गरेर मन्त्रिपरिषद् विस्तार गर्नेछौं। ३–४ दिनको मेहनतको परिणाम यही भयो कि सदन विघटन भइसकेको छ। राष्ट्रपतिले हस्ताक्षर गर्नुभइसकेको छ।”

अन्तरिम मन्त्रिपरिषदमा अन्य सदस्यहरू अझै नियुक्त नभएका कारण कार्कीको एकल बैठकले संसद् विघटन गर्ने निर्णय गरेको हो।

विशेषज्ञहरूले यस कदमलाई आगामी राजनीतिक स्थिरता र सरकारले प्रशासनिक कामकाज सहज रूपमा सञ्चालन गर्ने दृष्टिकोणबाट महत्वपूर्ण भनेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)