धर्म
हल्दिबारी संवाददाता १० महिना अगाडि

नवरात्रको छैटौँ दिन : साहस, पराक्रम र समृद्धिको प्रतीक देवी कात्यायनीको पूजा आराधना गरिदै

आश्विन नवरात्रको छैटौँ दिन आज देवी दुर्गाको छैटौँ शक्ति स्वरूप कात्यायनी देवीको पूजा–आराधना भइरहेको छ। कात्यायनीलाई साहस र पराक्रमको प्रतीक मानिन्छ। धार्मिक ग्रन्थअनुसार दानजस्ता पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृतिका राक्षसहरूले उत्पन्न गर्ने अवरोध रोक्नका लागि देवी कात्यायनीको यस लोकमा आगमन भएको उल्लेख पाइन्छ।

विश्वास अनुसार देवकार्य सिद्ध गर्नका लागि माता भवानी कात्यायन ऋषिको आश्रममा अवतरित भइन् र ऋषिकी पुत्रीका रूपमा परिचित भइन्। त्यसपछि उनी ‘कात्यायनी’ नामले लोकप्रसिद्ध भइन्।

विज्ञापन (Advertisement)Advertisement

देवी कात्यायनीलाई चन्द्रहास नामक चम्किलो खड्गसहित चित्रण गरिन्छ। उनी अतिशक्तिशाली सिंहमा आरूढ भई दानवको संहार गर्ने शक्तिशाली स्वरूपमा देवीभागवतसहितका ग्रन्थमा वर्णन गरिएको छ। कात्यायनीलाई माता पार्वतीकै सौर्य अवतार मानिन्छ।

मानव जीवनमा सुख–समृद्धि प्रदान गर्ने शक्ति स्वरूपा कात्यायनीको कृपा पाउन आज विशेषरूपमा मूर्तिलाई सजाएर स्वादिष्ट मिठाई, फूल–पत्र अर्पण गरी पूजा–आराधना गरिन्छ। साथै भक्तजनहरूले तन–मन पवित्र बनाई देवीको आह्वानसहित मन्त्रोच्चारण गर्ने परम्परा रहेको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)