हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

निःशुल्क हेमोडाईलाईसिस सेवा अव B&C टिचिङ्ग हस्पीटल विर्तामोडमा

विर्तामोड झापामा रहेको वि. एण्ड सि टिचिङ्ग हस्पीटलमा निःशुल्क हेमोडाईलाईसिस सेवा शुरु भएको छ ।

Advertisement

नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्धारा संचालित विपन्न नागरिक उपचार कोष अर्न्तगत निःशुल्क हेमोडाईलाईसिस कार्यक्रम संचालनमा आएको आज आइतबार पत्रकार सम्मेलन मार्फत वि. एण्ड सि टिचिङ्ग हस्पीटल का जनसम्पर्क अधिकृत प्रोमिस गिरिले जानकारी दिनुभयो ।

Advertisement

यस कार्यक्रम अन्र्तगत नेपाल सरकारले तोके वमोजिम मृगौलाका विरामीहरुलाई निःशुल्क रुपमा हेमोडाईलाईसिस सेवा प्रदान गरिनेछ । कुनैपनि मृगौलाका विरामीहरुले निःशुल्करुपमा हेमोडाईलाईसिस सेवा लिन विरामी अस्पतालको ओ.पी.डी. वा ईमरजेन्सीमा आए पश्चात चिकित्सकले आवश्यक स्वास्थ्य परिक्षण गरि मृगौलामा समस्या देखिएको र मृगौलाको हेमोडाईलाईसिस गर्नुपने देखिएमा विरामीको स्थायी ठेगना भएको स्थानीय तहले सिफारिस गरेपछि उनीहरुको निशुल्क हेमोडाईलाईसिस हुने बताईएको छ ।

हाल ५ वटा हेमोडाईलाईसिस मिसिन रहेकोमा छिटै २० हेमोडाईलाईसिस मिसिन पुर्याएर सेवा दिन लागिएको गिरिले बताउनुभयो ।

हेमोडाईलाईसिस सेवाको लागी अस्पतालमा कार्यरत डा. गोपाल मिश्र, डा. मुक्ती देवकोटा, डा. वाशुदेव वास्कोटा, डा. राजु श्रेष्ठ, डा. अमित कुमार शाह लगाएतको चिकित्सक एवम् अन्य स्वास्थ्यकर्मीहरुको समुह र अत्याधुनिक सामाग्री सहितको सेवा दिन लागेको पनि जानकारी दिईएको छ ।

यसैबीच, हेमाडाइलाइसिसका लागि अस्पतालमा फिस्टुला बनाउने तथा सघन उपचारको पनि व्यवस्था रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)