समाचार
हल्दिबारी संवाददाता ८ महिना अगाडि

निर्वाचन आयोगले थपेको समयमा ८ लाखभन्दा बढी नयाँ मतदाता दर्ता

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली तथा अद्यावधिक प्रक्रिया अन्तर्गत थप गरेको समय समाप्त भएको छ। यसअघि कात्तिक ३० गतेसम्म मात्र नयाँ मतदाताको दर्ता खुला गरिएको थियो, तर आवेदनको उच्च चाप र सरोकारवालाको आग्रहका आधारमा आयोगले समय मङ्सिर ५ गतेसम्म थप गरेको थियो।

आयोगका अनुसार, यो अवधिमा ८ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएका छन्। यसमध्ये ३ लाख ४४ हजार ९१४ जनाले निर्वाचन कार्यालयमा गएर प्रत्यक्ष आवेदन दिएका हुन् भने ४ लाख ९१ हजार १८० जनाले राष्ट्रिय परिचयपत्रमार्फत दर्ता गराएका छन्। अन्तिम दिन शुक्रबार मात्र ७ हजार ८६२ जनाले नाम लेखाएका थिए।

विज्ञापन (Advertisement)Advertisement

यससँगै देशभर कुल मतदाताको संख्या १ करोड ८८ लाख २५ हजार ६६४ पुगेको निर्वाचन आयोगले जनाएको छ। यसअघि २०७९ को निर्वाचनमा कुल मतदाताको संख्या १ करोड ७९ लाख ८८ हजार ५७० थियो।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)