बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयद्वारा आयोजित निर्वाचन प्रहरी लक्षित सर्पदंश चेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा संरक्षणकर्मी तथा फोटो पत्रकार राज अधिकारी र सर्प उद्धारकर्मी तथा समाजसेवी दुर्गा लामिछानेले सर्प पहिचान, सर्पदंशबाट बच्ने उपाय तथा सर्पदंशपछि अपनाउनुपर्ने प्राथमिक उपचार र व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रममा २४७ जना निर्वाचन प्रहरीको सहभागिता रहेको थियो। नवलपरासी पश्चिम बर्दघाट इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर कृष्ण डाँगीले यस्ता तालिमहरूको महत्वबारे प्रकाश पार्दै सर्प संरक्षणमा सक्रिय अधिकारी र लामिछानेको कार्यको प्रशंसा गर्नुभयो।
यस्ता कार्यक्रमहरूले सर्प र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्न, सर्पदंशबाट हुने क्षति कम गर्न तथा सर्प संरक्षणमा टेवा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। विशेषगरी तराई क्षेत्रका स्थानीय तहहरूमा सर्पदंश सम्बन्धी सचेतनामूलक कार्यक्रमहरू निरन्तर आयोजना गरिनु आवश्यक देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार