हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेकपाद्वारा राजबन्दीहरुको फोटो प्रदर्शन सहित कोणसभा

कपिलबस्तु स्नेपाल कम्युनिस्ट पार्टी कपिलबस्तुले सो पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत शुक्रवार जेल तथा हिरासतमा बन्दीबनाईएका नेता तथा कार्यकर्ताहरुको रिहाइको माग गर्दै फोटो प्रदर्शन गर्दै कोणसभा सम्पन्न गरेको छ ।

Advertisement

कपिलबस्तु जिल्लाको विभिन्न ग्रामीण वस्तीहरुमा नेकपाका नेता कार्यकर्ता तथा स्थानीय जनताको उपस्थितिमा बन्दीहरुको फोटो प्रदर्शन तथा कोणसभा गरिएको हो । कोणसभालाई नेकपाका कपिलवस्तु जिल्लाका नेताहरुले सम्बोधन गरेका थिए ।

Advertisement

कोणसभालाई सम्बोधन गर्दै नेकपाका नेता पावेलले सरकारद्वारा गैरन्यायिक ढंगले जेल हिरासतमा राखिएका नेताकार्यकर्ताहरुको रिहाईको माग गरेका थिए । साथै उनले आफ्नो पार्टीका नेताकार्यकर्तामाथि लगाइएको झुटा मुद्दा खारेज गर्न माग गरे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)