हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नेकपा एमाले हल्दीबारी गाउँ तथा वडा कमिटी घोषणा

नेकपा एमाले हल्दीबारीको गाउँ कमिटी र वडा कमिटी घोषणा भएको छ । आज नेकपा एमाले हल्दीबारी गाउँ कमिटीद्वारा आयोजित पार्टी कार्यालयको बोर्ड अनावरण तथा गाउँ र वडा कमिटी घोषणा तथा सपथग्रहण कार्यक्रमको बीचमा नयाँ जिम्मेवारी बाँडफाँड सहित कमिटी घोषणा गरिएको नेकपा एमालेका जिल्ला कमिटी सदस्य सागर पोर्तेलले जानकारी दिए ।

Advertisement

नेकपा एमालेका केन्द्रीय सदस्य हरिचरण शिवाकोटीको प्रमुख आतिथ्यता, प्रदेश कमिटी सदस्य सोमनाथ पोर्तेल, जिल्ला कार्यालय सचिव शिव ढुँगेल, प्रदेश क्षेत्रीय समन्वय कमिटी संयोजक डम्बर गिरी, हल्दीबारी इन्चार्ज नरेश चुडाल लगायतका जिल्ला कमिटी सदस्यहरुको आतिथ्यता रहेको र करिव ५०० पार्टी नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तकहरुको उपस्थितिमा आज कमिटी घोषणा गरिएको हो । कार्यक्रममा हरि गौतमको अध्यक्षतामा ११३ सदस्यीय गाउँ कमिटी घोषणा गरिएको छ ।

Advertisement

हल्दीबारी-१ को इन्चार्ज झमकनारायण थापामगर, अध्यक्ष नर वहादुर दाहाल, सचिव खड्क तामाङ, हल्दीबारी-२ को इन्चार्ज भीम श्रेष्ठ, अध्यक्ष धन वहादुर श्रेष्ठ, सचिव संजिव राई, हल्दीबारी-३ को इन्चार्ज विष्णु ओली, अध्यक्ष अजित विष्ट, सचिव बलराम गिरी, हल्दीबारी-४ को इन्चार्ज नगेन्द्र वहादुर आचार्य, अध्यक्ष केशव संजेल, सचिव भावना मैनाली र हल्दीबारी -५ को इन्चार्ज खडानन्द दंगाल, अध्यक्ष यामनाथ गिरी, सचिव दिपक तामाङले जिम्मेवारी पाएका छन् ।

नवगठित कमिटीलाई नेकपा एमालेका जिल्ला कमिटी सदस्य डम्बर गिरी, जिल्ला कार्यालय सदस्य शिव ढुँगेल, प्रदेश कमिटी सदस्य सोमनाथ पोर्तेल र केन्द्रीय सदस्य हरिचरण शिवाकोटीले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

गाउँ कमिटी अध्यक्ष हरी गौतमको अध्यक्षतामा संचालित कार्यक्रमको स्वागत गाउँ कमिटीका इन्चार्ज नरेश चुडालले गरेका थिए भने संचालन जिल्ला कमिटी सदस्य महेशलाल मेचेले गरेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)