हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नेतृत्व हस्तान्तरणबारे विश्वप्रकाश शर्माले गरे यस्तो प्रस्ताव

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीमा नेतृत्व हस्तान्तरणबारे नयाँ प्रस्ताव सार्वजनिक गरेका छन्। मंसिरमा हुने कांग्रेसको १४ औं महाधिवेशनमा शर्मा महामन्त्री पदमा लड्दैछन्। उनले गत भदौ २४ मै सुन्दरीजल पुगेर बिपी जयन्तीमा उक्त घोषणा गरेका थिए।

Advertisement

शर्माले गृहजिल्ला झापाबाट आज राजनीतिमा सुधार गर्न २४ बुँदा प्रस्ताव गरे। उक्त प्रस्तावको ११ औं नम्बरमा पुस्तान्तरणका कुरा छन्। पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई नेतृत्व छोड्न भनेर मात्रै नछोड्ने उल्लेख गर्दै शर्माले बरू संविधानमै नयाँ व्यवस्था राख्नुपर्ने धारणा राखेका थिए।

Advertisement

उनले आफ्ना पुस्ताका लागि अगाडि सारेको नयाँ प्रस्तावमा वान, टु, थ्री, फोर भन्ने चार कुरा राखिएका छन्। ‘शासकीय प्रणालीको बहसलाई शासन संस्कार पद्धतितर्फ मोडौं। एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री, तीनपटक मन्त्री, चारपटक सांसदको सपथ मात्रै गर्न पाउने व्यवस्था संविधानमै गरौं,’ शर्माले भने।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)