हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपालका लागि भारतीय राजदूत विनयमोहन आइपुगे

काठमाडौँ। नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा आफ्नो कार्यभार सम्हाल्न आइतबार नेपाल आइपुगेका छन्। क्वात्रा यसअधि फ्रान्सका लागि भारतीय राजदुत रहेका थिए।

Advertisement

नेपालका लागि भारतीय राजदुत मञ्जिभसिंह पुरीको कार्यकाल सकिएपछि उनी भारत फिर्ता भइसकेको अवस्था छ। फ्रान्समा कार्यरत क्वात्रालाई भारत सरकारले नेपालका लागि राजदुत पठाएको छ।

Advertisement

भारत सरकारको प्रधानमन्त्री कार्यालयमा काम गरेको अनुभव साथै सुरक्षा सल्लाहकार कार्यालयमा काम गरिसकेका क्वात्रालाई विशेषगरी विदेशी मामिलाका जानकारको रूपमा लिने गरिन्छ। फ्रान्सबाट फर्किएलगत्तै उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजदूत नियुक्त गरेका हुन्।

सन् १९८८ मा भारतको परराष्ट्र सेवामा प्रवेश गरेका उनले एक समय व्यापार, अर्थ व्यवस्था र वृत्त ब्यूरोको प्रमुखका रुपमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० मा भारतको प्रतिनिधित्व गरेका थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)