हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपालकै होचो ठाउँ यस्तो छ ,केचनाकवल ! (फोटो फिचर)

  • गुरु ढकाल 

झापा जिल्लाको कचनकवल गाँउपालिकामा पर्ने केचनाकवल नेपालको सबैभन्दा होचो ठाउँ भएकोले पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण स्थल मानिएको यो स्थान समुद्री सतहबाट ५८ मिटर उचाइमा रहेको छ।

Advertisement

Advertisement

यस क्षेत्रमा ४ विगाहा जमीन अत्यन्त होचो भएको कारण वर्षा याममा पानी जमेर दलदलमा परिणत हुने गर्दछ। तसर्थ हिउँदमा मात्र त्यहाँ निर्मित आधार स्तम्भमा पुग्न सकिन्छ।

केचनाकवलमा वि.सं. २०४४ साल पौष १६ गते तत्कालिक राजा विरेन्द्रको पूर्वाञ्चल भ्रमणका अवसरमा २० फिट अग्लो स्तम्भ कछुवाको आकृति माथि स्थापना गरिएको छ।

यो ठाउँ नेपाल–भारत सिमानाबाट करिब ५०० मिटर दूरीमा पर्दछ। नेपालकै अल्पसंख्यक आदिवासी गनगाई जाति (गणेश)को समेत बसोबास रहेको केचना क्षेत्रमा २ वटा ऐतिहासिक पोखरीहरू छन्।

महाभारत कालमा विराट राजाले राज्य विस्तार गर्दा उनका सेनापतिले निर्माण गरेको विश्वास गरिने यी पोखरीहरूको कारणले पनि यस क्षेत्रको महत्त्वप अझ बढेको छ।

भीमले किच्चकलाई वध गरेपछि उक्त दुई पोखरीहरू पुर्न खोजेका थिए भन्ने किम्बदन्ती पनि छ। मेची राजमार्गको अन्तिम विन्दु केचनाबाट लगभग दुई किलोमिटर पूर्व–उत्तर छिरेपछि नेपालको होचो भूमि भनेर पहिचान गरिएको केचनाकवल पुगिन्छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)