हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता १० महिना अगाडि

नेपालको राजनीतिक संकट: राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा दिए, नेपाली सेनाले संयम कायम राख्न आह्वान

काठमाडौँ, नेपाल: नेपालमा राजनीतिक संकट गहिरिँदै गएको छ। मंगलबार राष्ट्रपति र प्रधानमन्त्रीले आफ्ना पदबाट राजीनामा दिएका छन्। यसैबीच, नेपाली सेनाले देशबासी र युवा जनशक्तिलाई सामाजिक सद्भाव कायम राख्दै राष्ट्रिय एकताको रक्षा गर्न र संयमित रहन आग्रह गरेको छ।

Advertisement

सेनाको जारी विज्ञप्तिमा भनिएको छ, “नेपालको स्वतन्त्रता, संप्रभुता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा तथा नेपाली जनताको जीवन र सम्पत्तिको सुरक्षा गर्न विषम परिस्थितिमा पनि नेपाली सेना प्रतिबद्ध रहेको छ। नेपालमा हाल भइरहेको ‘जेनजी’ आन्दोलन र राजनीतिक घटनाक्रमको नेपाली सेनाले विश्लेषण गरिरहेको छ। यस आन्दोलन र हालका राजनीतिक परिस्थितिहरूका क्रममा भएको जनधन हानिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौं। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं।”

Advertisement

विज्ञप्तिमा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको पनि कामना गरिएको छ।

नेपाली सेनाले स्पष्ट पारेको छ कि, “देश र नेपाली जनताको हित तथा सुरक्षामा हामी सधैं समर्पित छौं। वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै नेपाली सेना नेपाली जनताको जीवन र सम्पत्तिको रक्षा गर्न प्रतिबद्ध छ। यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण हामी सबैको साझा दायित्व हो।”

अन्त्यमा, सेनाले युवा जनशक्ति र सम्पूर्ण देशवासीसँग विनम्र अनुरोध गरेको छ कि उनीहरूले वर्तमान परिस्थितिलाई थप जटिल नबनाइ सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राखून्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)