हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नेपाली कांग्रेस केन्द्रीय महिला विभागद्धारा पोखरामा महिला भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

पोखरा । नेपाली कांग्रेस केन्द्रीय महिला विभागद्वारा पोखरामा २ दिने गण्डकी प्रदेश स्तरीय महिला भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

चैत २३ र २४ गते सम्पन्न भेलामा गण्डकी प्रदेशका करिव २ सय भन्दा बढी महिला कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको उद्घघाटन नेता एनपी साउद, अर्जुन जोशी र डिना उपाध्यायले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा ईश्वरी न्यौपाने, पुरुषोत्तम दाहाल, उषा मल्ल सिंह लगायतले प्रशिक्षण दिएका थिए ।

Advertisement

कार्यक्रमसँगै पोखरा घोषणा पत्र पनि जारी भएको छ । जस अनुसार विभागले पार्टी संरचनाको स्थानीय तह, गाउँ, नगर, वडादेखि प्रदेश तहसम्म एक तिहाई महिला पदाधिकारी नेतृत्वमा अनिवार्य हुनुपर्ने जोडदार माग गरेको छ । यस्तै आमाको नामबाट पनि नागरिकता प्राप्त हुने संवैधानिक व्यवस्थाको वर्खिलाप हुने गरि मौजुदा कानूनहरु रहेको सन्दर्भमा संविधान प्रदत्त समान हकको सिद्धान्तको विपरित अवस्था सृजना भएको भन्दै तत्काल कानून संसोधान गरि आमा या वाबुको नामबाट नागरिकता प्रमाण पत्र प्राप्त गर्ने अवस्था निर्माण गर्न पनि विभागले माग गरेको छ।

यसैगरि भेलाले पैतृक सम्पत्तीमा लोग्ने वा स्वास्नीको छोरा वा छोरीको समान हक हुने संबैधानिक व्यबस्थाका बाबजुद छोरी वा बुहारीको अंश हक मार्ने उद्देश्यले गरिएका वण्डापत्रहरु सबै अंशियारको सहमति र उपस्थिती विना भएका वण्डापत्र खारेज गर्ने व्यवस्था गर्न र यस किसिमका काम कारवाहीको स्थानीय तहले अनुगमन गर्ने व्यबस्था गर्न गराउनका निम्ति महिला विभागले जोडदार माग गरेको छ ।

संबिधान प्रदत्त निःशुल्क स्वास्थ्य उपचारको अधिकारका बाबजुद महिलाहरु बढी पीडित हुने गरेको, स्तन र पाठेघरको क्यान्सरका कारण बर्षेनी हजारौं महिलाहरुको ज्यान जाने अवस्था रहेको हुँदा यस्ता दीर्घरोगको उपचार निःशुल्क गर्न पनि कांग्रेस महिला विभागले माग गरेको छ । कार्यक्रम विभागकी अध्यक्ष ईश्वरी न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियो ।यस अघि यस विभागले काठमाडौं, भैरहवा र जनकपुरमा पनि महिला प्रशिक्षण र कार्यकर्ता भेला सम्पन्न गरिसकेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)