हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपाली कांग्रेस झापा गाउँपालिकाद्वारा एक लाख एकाउन्न हजार राहत कोषमा हस्तान्तरण

टीका गणेश ,झापा । विश्वब्यापी कोरोना महामारी तथा लकडाउनको परिस्थितिले जिवन निर्वाहका लागि न्युनतम आवश्यकतामा झापा गाउँपालिका भित्र अति विपन्न, ज्याला मजदुरी, आश्रित परिवारहरुलाई केही सहयोग होस भन्ने हेतुले नेपाली कांग्रेस झापा गाउँ कार्य समितिले झापा गाउँपालिका अध्यक्ष जयनारायण शाह ज्यू मार्फत राहत कोषमा रकम हस्तान्तरण गरेको छ।

Advertisement

राहत कोष सहयोग हस्तान्तरण नेपाली कांग्रेसका नेता तथा महासमिति सदस्य देउकुमार थेवे तथा गाउँ कार्य समिति सभापति मोतीलाल गणेशद्वयको हातबाट गरेका हुन।

Advertisement

रकम हस्तान्तरण सहभागिमा नेका झापा क्षेत्र .४ का सचिव शिव कडेल, सन्तोस नेपाल, क्षेत्रीय सदस्य सागिरथ प्रसाद गणेश, सुन्दरलाल गणेश अविदुल अली (कान्छा), नेपाली कांग्रेस महिला संघ क्षेत्र.४ का सभापति अन्जु थपलिया महिला नेतृ बसुन्धरा थपलिया, गाउँ कार्य समिति सह सभापति शखिचन ठाकुर, राजकुमार यादव लगायतको उपस्थितिमा भएको थियो। 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)