हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नेपाल आउँदै ४५ दिनका लागि अमिताभ बच्चन

 काठमाडौं । फिल्म सुटिङका लागि गर्न बलिउड अभिनेता अमिताभ बच्चन नेपाल आउने भएका छन् । भारतीय मिडियामा उल्लेख भए अनुसार उनी ‘उचाईँ’ नामक फिल्मको सुटिङका लागि नेपाल आउन लागेका हुन् । पारिवारिक कथा बनाउन माहिर मानिने सुरज बडजात्याले यो फिल्मको निर्देशन गर्ने छन् ।

Advertisement

मित्रताको कथामा आधारित रहेर निर्माण हुने भनिएको फिल्ममा अमिताभसंगै अनुपम खेर , बोमन इरानी, नीना गुप्ता, पंकज त्रिपाठी लगायतको अभिनय रहनेछ ।राजधानि दैनिकमा खबर छ ।

Advertisement

राजश्रीको व्यानरमा निर्माण हुने फिल्मका लागि अमिताभले नेपालमा ४० देखि ४५ दिन बिताउनेछन् । कोरोना भाइरसले सिर्जित अवस्थाको कारण नेपालमा फिल्मनगरी तंग्रिने तयारीमा रहेको अवस्थामा बलिउडको सुपर स्टार अमिताभ छायांकनका लागि आउन लागेका हुन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)