झापा । नेपाल उद्योग वाणिज्य महासंघको आगामी चैत २८ र २९ गते हुने अधिवेशनका लागि तयारी सुरु भएको छ। अधिवेशनलाई लक्षित गर्दै झापाका उद्योगी–व्यवसायी उमेश डालमियाले केन्द्रीय उपाध्यक्ष पदका लागि आफ्नो दाबी प्रस्तुत गर्दै तयारी थालेका छन्।

हाल महासंघका कार्यकारिणी सदस्य रहेका डालमिया महासंघअन्तर्गत मेला समिति संयोजकको जिम्मेवारीमा छन्। उनको उम्मेदवारीलाई समर्थन जनाउँदै बिर्तामोड उद्योग वाणिज्य संघले केन्द्रीय उपाध्यक्ष पदका लागि सिफारिस गर्ने निर्णय गरेको छ।

संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा सोमबार बसेको बैठकले डालमियालाई समर्थनसहित केन्द्रीय उपाध्यक्षका लागि सिफारिस गर्ने निर्णय गरेको हो। डालमिया यसअघि वि.सं. २०५६ देखि २०५८ सम्म बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्ष भइसकेका छन्। उनी झापा उद्योग वाणिज्य संघको अध्यक्षसमेत रहिसकेका अनुभवी उद्योगी–व्यवसायी हुन्।

महासंघको नेतृत्व तहमा उनको सक्रिय भूमिकाले उद्योगी–व्यवसायीको हकहित संरक्षण तथा संगठन सुदृढीकरणमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।
आसन्न निर्वाचनमा देशभरका संघमा आबद्ध १२९ संस्थाका अध्यक्षहरूले मतदान गर्न पाउने व्यवस्था रहेको महासंघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार