हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

नेपाल मुस्लिम इत्तेहादको अधिबेशन झापामा हुने

झापा, बिर्तामोड । नेपाल मुस्लिम इत्तेहाद संगठनकाे काेसी प्रदेश स्तरीय प्रथम अधिवेशन झापाको बिर्तामोडमा हुने भएको छ ।

Advertisement

झापामा पहिलोपटक हुन लागेको अधिबेशन बाट नयाँ नेतृत्व चयन पनि हुने छ। फागुन २७ र २८ गते बिर्तामोडमा नेकपा एमाले निकट संगठनकाे प्रदेशस्तरीय अधिवेशन हुने आज बिर्तामोडमा पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो । अधिवेशनमा २ सय ५० प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने संगठनका केन्द्रिय सचिव अफ्रोज खानले बताए ।
सुनसरी ,उदयपुर ,मोरङ र झापामा मुस्लिमहरुको बाक्लो बसोबास रहेको छ ।

Advertisement

बिर्तामोडको सिपि पार्टी प्यालेसमा हुन लागेको अधिबेशनमा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा जनसंगठन प्रमुख भानुभक्त ढकालले अधिवेशनकाे उद्घाटन गर्ने कार्यक्रम रहेकाे केन्द्रीय महासचिव तैयव हुसेनले बताए ।अधिबेशनमा एमाले नेता राजेन्द्र गौतम ,सराज अहमद फारुखी लगायतका नेताले सम्बोधन गर्ने बताईएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)