हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

पाउ पाथिभराकाे दर्शन संगै तपाईंको आजकाे राशिफल (२०८९ फागुन २१)

आज २१ फाल्गुण २०७९ आइतवारको राशिफल

Advertisement

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजबाट भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय पनि छ ।

Advertisement

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । सांगीतिक क्षेत्रमा रुचिपनि बढ्नेछ ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साथीभाइले राम्रै सहयोग गर्नेछन् । भूमिबाट पनि लाभ मिल्ला ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । शुभारम्भको चर्चा चल्नेछ ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नाक तथा घाँटीमा समस्या आउन सक्छ । सामान हराउने वा चोरी हुने सम्भावना छ । बन्न लागेको काम पनि बिग्रिएला ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज स्वास्थ्यमा खर्च बढ्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी आउला । सानो तिनो समस्यामा पनि अल्झनुपर्ला ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पारिवारिक जीवनमा असमझदारी बढ्न सक्छ । विद्यार्थीले पनि पढाई अलिक ध्यान दिनुपर्नेछ । वैदेशिक कार्य भने बन्नेछ ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । प्रेम जीवन सबल र सफल रहनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)