हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । गोली लागेर उनी घाइते भएका छन् ।गुजरावालाको अल्लाहवाला चोक नजिकै उनीमाथि गोली प्रहार भएको हो । र्‍यालीमा रहेका उनीसवार कन्टेनरमा आक्रमणकारीले ३-४ राउण्ड गोली हानेका थिए ।

Advertisement

पाकिस्तान तहरीक-ए-इन्साफका महासचिव असद उमरका अनुसार खानलाई खुट्टामा गोली लागेको छ र उनलाई उपचारका लागि लाहोर पठाइएको छ । घटनामा अरु ३-४ जना पनि घाइते भएका पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । घाइते हुनेमा पाकिस्तान तहरीक-ए-इन्साफका नेता फैसल जावेद पनि छन् । गोली हान्ने एक जना व्यक्तिलाई पक्राउ गरिएको पाकिस्तानी प्रहरीले बताएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)