हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

पारसलाई भेटेपछि भरतमणि लेख्छन्, ‘शुभचिन्तक थिएँ, प्रशंसक भएँ’

भरतमणि पौडेल कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन–२’ का विजेता हुन् । प्रतियोगिताको सेमिफाइनलमा पूर्व युवराज पारस शाहको नक्कल गर्दै ‘पफमर अफ द राउण्ड’ भएर सिधै फाइनलमा पुग्न सफल भएका थिए । शोमा पुर्व युवराजको गेटअपका लागि उनले दुई बर्ष तयारी गरेका थिए । स्वतन्त्र मानिस भएर कसरी बाँच्न सकिन्छ भन्ने एउटा उदाहरणको रुपमा शाह पाएको बताएका पौडेलले नक्कलका लागि शाहको बोलेको सबै भिडियो, हाउभाउ, नृत्य, रियाक्ट लगायत सबैको अध्ययन गहिरिएर गरेका थिए ।

Advertisement

शाहको प्रस्तुतिबाट दर्शक तथा निर्णयको फेबरेट प्रतियोगी हुँदै उपाधिको नजिक पुगेका उनले प्रस्तुतिका कारण पुर्व राजपरिवारबाट प्रशंसा समेत पाएका थिए । प्रस्तुतिपछि चौतर्फी चर्चा बटुली रहदा पौडेलले भने मिडियासँग शाह भेट्ने अवसर नमिलेको र भेट्ने चाहना रहेको बताएका थिए । सेमिफाइनलमा शाह भेट्ने चाहना राखेका भरतको उक्त चाहना विजेता बनेपछि पुरा भएको छ । उनले केही दिन अगाडि शाहलाई भेटेका हुन् । उनी आफैले सामाजिक संजालमा एक तस्बिर शेयर गर्दै यसको बारेमा जानकारी दिएका छन् ।

Advertisement

‘एकदमै खुसी छु, केही दिन अगाडि पुर्व युवराज पारस शाह भेट्ने अवसर मिल्यो । उहाँलाई भेट्न म र सुमन कोइराला दरबारमार्गको शेर्पा मलमा गएका थियौँ’ पौडेल अगाडि लेख्छन् ‘लगभग एक घण्टाको बसाइमा रमाइलो गफ भयो ।’ पहिले आफू उहाँको शुभचिन्तक रहेको उल्लेख गरेका उनले भेट पछि झन् ठुलो प्रशंसक भएको बताएका छन् । ‘साच्चै नै भन्ने हो भने उहाँ साह्रै रमाइलो साथी जस्तै हुनुहुँदो रहेछ । यो अवसर मिलाइ दिनुहुने मुनन्द्र सरलाई धेरै धेरै धन्यवाद’ उनले अगाडि थपे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)