परिषद्का सूचना अधिकारी एकराज अधिकारीका अनुसार, इच्छुक विद्यार्थीहरूले साउन ६ गतेदेखि २६ गते राति ११:५९ बजेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। आवेदन सीटीईभीटीको आईटीएमएस पोर्टलमार्फत भर्नुपर्ने हुन्छ। यो निर्णयसँगै प्रवेश परीक्षाका लागि काठमाडौं आउनुपर्ने बाध्यता हटेको छ। 

न्यूनतम योग्यता र आवेदन प्रक्रिया

पीसीएल नर्सिङ अध्ययनका लागि एसईई वा एसएलसीमा कम्तीमा २.० जीपीए प्राप्त गरेको हुनुपर्नेछ। अनलाइन फारम भर्दा विद्यार्थीहरूले ग्रेडसिट, नागरिकता वा जन्मदर्ता, र फोटो जस्ता आवश्यक कागजातहरू अपलोड गर्नुपर्नेछ। आवेदन शुल्क रु १,००० तोकिएको छ, जुन कनेक्ट आईपीएस वा खल्ती एपमार्फत भुक्तानी गर्न सकिनेछ।

छात्रवृत्ति पनि जीपीएकै आधारमा

यस वर्ष छात्रवृत्तिका लागि पनि छुट्टै परीक्षा हुने छैन। सरकारी विद्यालयबाट एसईई उत्तीर्ण गरेका विद्यार्थीहरूलाई लक्षित गरी विभिन्न कोटामा जीपीएका आधारमा छात्रवृत्ति प्रदान गरिनेछ। जम्मा २,४८० सिटमध्ये १८६ सिट छात्रवृत्तिका लागि छुट्याइएको छ। गत वर्ष २,४४० जनाले भर्ना अवसर पाउँदा १६,३२१ जनाले आवेदन दिएका थिए। 

छात्रवृत्ति कोटा महिला, दलित, मुस्लिम, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति, मधेसी र अन्य पिछडिएका समुदायका लागि आरक्षित गरिएको छ।

भर्ना प्रक्रिया र कलेज संख्या

स्वीकृत आवेदनपछि विद्यार्थीहरूले स्वीकृतिको कार्ड डाउनलोड गर्न सक्नेछन्, जुन भर्ना र रजिस्ट्रेसनका लागि अनिवार्य हुनेछ। यस वर्ष एक कलेज थपिएसँगै देशभरका ६२ कलेजमा पीसीएल नर्सिङको पढाइ हुनेछ। 

यो नयाँ व्यवस्थाले विद्यार्थीहरूलाई घरैबाट आवेदन दिने सुविधा प्रदान गर्नुका साथै प्रवेश परीक्षाको झन्झटबाट पनि मुक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार