हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

पूर्वडीआईजी रमेश खरेलले नयाँ पार्टी खोल्ने, बिहीबार घोषणा हुँदै

काठमाडौँ । नेपाल प्रहरीमा सक्षम र इमान्दार अधिकृतको छवि बनाएका पूर्वडीआईजी रमेश खरेलले पनि नयाँ पार्टी खोल्ने भएका छन् । भोलि बिहीबार दलको औपचारिक घोषणा गरिनेछ ।

Advertisement

भ्रष्टाचारविरोधी अभियान, सुशासन, राष्ट्रहित, नागरिकका हक अधिकारलाई केन्द्रमा राखेर अभियानलाई सक्रिय बनाइने खरेलले बताएका छन्। पार्टी स्थापनाको उद्देश्यले उनले ‘हाम्रो नेपाल हामी नेपाली’ अभियान आफ्नै संयोजकत्वमा स्थापना गरेका छन् ।

Advertisement

खरेल संयोजक रहेको अभियानमा देवेन्द्र सिटौला, ज्ञानेन्द्र शाहीलगायत पनि आबद्ध छन्। शाही आफूलाई भ्रष्टाचार विरोधी अभियान्ता भनेर चर्चामा आएका छन् । खरेलको पार्टीमा पूर्वप्रशासक, पूर्वसुरक्षाकर्मी, पूर्वप्राध्यापकलगायतलाई पनि समेटिने बताइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)