हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

पूर्वसभामुख महराको सांसद पद निलम्बन फुकुवा

पूर्वसभामुख कृष्णबहादुर महराको सांसद पद निलम्बन फुकुवा भएको छ । सोमबार काठमाडौं जिल्ला अदालतले सफाइ दिएपछि महराको सांसद पद निलम्बन फुकुवा भएको हो ।

Advertisement

अदालतले महराले सफाइ पाएको पत्र मंगलबार संसद सचिवालयलाई पठाएपछि उनको निलम्बन फुकुवा भएको हो।सभामुख अग्‍नि सापकोटाले मंगलबारको संसद बैठकमा महराको सांसद पद निलम्बन फुकुवा भएको जानकारी गराएका छन्। 

Advertisement

यौन दूराचारको आरोप लागेपछि महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए।  महराविरुद्ध प्रहरीले बलात्कार प्रयासको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेपछि सांसद पद निलम्बन भएको थियो।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)