समाचार
हल्दिबारी संवाददाता ३ महिना अगाडि

पूर्व प्रधानमन्त्री ओली पक्राउ

भक्तपुर — केपी शर्मा ओलीलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको छ।


जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्षसमेत रहेका ओलीलाई सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित निवासबाट नियन्त्रणमा लिइएको हो।

विज्ञापन (Advertisement)Advertisement


काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहान करिब ५ बजे गुण्डु पुगेर उनलाई पक्राउ गरेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए। पक्राउपछि उनलाई थप अनुसन्धानका लागि काठमाडौं लगिएको प्रहरीले जनाएको छ।


ओलीलाई किन पक्राउ गरिएको भन्नेबारे प्रहरीले विस्तृत जानकारी भने सार्वजनिक गरेको छैन।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)